तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका पशुमा देखियो लम्की स्किन रोगको संक्रमण

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा पशुमा लम्की स्किन रोगको संक्रमण देखिएको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका वडा नं ४, ५, ६मा केही दिनदेखि गाई तथा गोरुहरूमा शरीरभरि नै, छालामा गिर्खा र गाँठाहरू देखिने समस्या देखिएको हो ।

लम्की स्किन रोगबाट गाउँपालिका वडा नं. ४, ५, ६ मा हालसम्म १० वटा गाई गोरु मरिसकेको र ९४ वटा गाई गोरु बिरामी भएको तथ्याङ्क प्राप्त भएको कालीमाटी गाउँपालिका पशु शाखा प्रमुख केशव बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार सङ्क्रमणले महामारी नै लिनसक्ने भएकाले गाउँपालिका रोग नियन्त्रणको लगि पहल थालिएको जानकारी दिनुभयो । 

किसानले पालेका गाई गोरुमा रोगको संक्रमण बढिरहेको तर रोगको पहिचान नभएको  भन्दै स्थानीय पुरुषोत्तम भट्टराइले रोगको पहिचानको लागि पठाइएको फोटोलाई पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा देखाउँदा लम्की स्किन भएको बताइएको छ ।

प्रयोगशाला प्रमुख डा.विकास श्रेष्ठले रोग नियन्त्रणमा केही समस्या भए तत्काल प्रयोगशालामा ल्याबसहित सम्पर्क गर्न सुझाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button