रेडियो नेपाल र मधेस प्रदेशसभा सचिवालयबीच कार्यक्रम प्रशारणसम्बन्धी सम्झौता

जनकपुरधाम । मधेस प्रदेशसभा सचिवालय र रेडियो नेपालबीच कार्यक्रम प्रशारणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट साप्ताहिक रूपमा ‘प्रदेशसभा गतिविधि’ कार्यक्रम प्रशारणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा संसद सचिवालयका वरिष्ठ शाखा अधिकृत शङ्करलाल कर्ण तथा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र बर्दिबासका कार्यालय प्रमुख उपनिर्देशक रामपुरकार रामले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार यो कार्यक्रम बर्दिबास केन्द्रबाट हरेक आइतबार दिउँसो २ः २५ बजेदेखि २ः ५५ बजेसम्म प्रशारण हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्