वित्तीय सङ्घीयताका सम्बन्धमा छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा वित्तीय सङ्घीयताका सम्बन्धमा छलफल भएको छ ।
समितिको संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताका विषयमा विस्तृत छलफल गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु खिमलाल देवकोटा, रामचन्द्र राई, राज्यलक्ष्मी गैरे, शेखरकुमार सिंह लगायतले आयोजना छनौटका मापदण्ड कार्यान्वयन गरिँदा प्रदेश तथा स्थानीय तहका आयोजना र बजेटसँग समन्वय हुन नसकेको विचार व्यक्त गर्नुभयो ।
बैठकमा समितिका सभापति दिलकुमारी रावल पार्वतीले यस सम्बन्धमा योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र अर्थ मन्त्रीसँग थप छलफल गरी आवश्यक निर्देशन गरिने जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्