तपाईँ सुन्दै हुनुहुन्छः

चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ : प्रधानमन्त्री

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच आर्थिक, सांस्कृतिक र जनताबीच सम्बन्धको लामो इतिहास रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चाइना काउन्सिलले आज काठमाडौँमा  आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानबाट नेपाल–चीनबीचको सम्बन्ध प्रगाढ भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग विस्तार भएको  र चीनले नेपालको विकास प्रयासमा उदार पूर्वक सहयोग गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चीनको भन्सारको सामान्य प्रशासन जिएसिसिमा तरकारी, मासुजन्य पदार्थ, चिया र जडीबुटीका उत्पादनलाई तुलनात्मक लाभका विभिन्न दायरामा उत्पादक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न नेपाल सरकारले चिनियाँ पक्षलाई अनुरोध गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button