बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कुटपिट

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कुटपिट भएको छ ।
सोही गाउँपालिकाको वडा नम्बर ०३ का दीपकबहादुर चन्दले आज दिउँसो मादक पदार्थ सेवन गरी कार्यकक्षमै आएर कुटपिट गरेको उपाध्यक्ष भट्टले बताउनुभयो ।
कुर्सीमा बसेको बेला लछारपछार गरी हातमा लिएको फलामको प्लासले आफूलाई कुटपिट गरेको उहाँको आरोप छ ।
ज्यान मार्ने धम्कीसमेत दिएको भन्दै भट्टले आवश्यक छानबिन गरी कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाललाई निवेदन दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्