तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहले (बहुमत) ४१ मत पाउनुभयो । यस्तै उहाँको विपक्षमा ११ मत खस्यो । बैठकमा सभामुख भीम बहादुर भण्डारीले विश्वासको मतको पक्षमा ४१ मत अर्थात् बहुमत पुगेकाले मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको घोषणा गर्नुभयो ।

मुख्यमन्त्री शाहलाई नेपाली काँग्रेस १९, नेकपा माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति ७, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्यले मत दिनुभयो । यसैगरी नेकपा एमालेका १० र राप्रपाका १ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गर्नुभयो ।

विश्वासको मत प्राप्त गरेपछि प्रदेश सभा परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री शाहले सबै दलहरूसँग सहकार्य र समन्वय गरि अघि बढ्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको विकास, समृद्धिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भ्रष्ट्राचार नियन्त्रण सरकारको मुख्य कार्यभार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button