तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन पार्टीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दललाई निर्देशन दिनुभएको छ ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहलाई केन्द्रबाट स्पष्ट निर्देशन नआएसम्म विश्वासको मत नदिने भनेर सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलले निर्णय गरेको थियो ।

पार्टी नेतृत्वले विश्वासको मत दिनका लागि निर्देशन गरेकाले सोहीअनुसार गर्ने माओवादीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले जानकारी दिनुभयाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरुमै कांग्रेससँग सत्ता साझेदारी गरिसकेको छ । नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । एमाले संसदीय दल सुदूरपश्चिमले भने साहलाई समर्थन नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button