तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा बोलेरो दुर्घटना : दुईको मृत्यु, आठ घाइते

तस्बिर : गोपाल बास्तोला
तस्बिर : गोपाल बास्तोला

ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान भएको छ ।

चिशंखुगढी गाउँपालिकादेखी ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो वडा नं.३ दियालेको राहुटार नजिकै दुर्घटना अन्य आठ जना गम्भीर घाइते भएका छन् ।

स्थानीयद्वारा घाइतेहरूको उद्धार भइरहेकाे र गम्भीर घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button