तपाईँ सुन्दै हुनुहुन्छः

‘देश विकासका लागि कृषि उत्पादन बढाउनुपर्छ’

सुनसरी । कोशी प्रदेशका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री दुर्गा प्रसाद चापागाईँले देश विकासका लागि स्थानीय स्तरबाट कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सुनसरीको इनरुवामा प्रथम चलचित्र महोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चापागाईँले कृषि उत्पादन बढाउन लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री चापागाईँले इनरुवासहित प्रदेश भरिका पर्यटकीय क्षेत्रहरूको पहिचान गरी कृषिमा आधारित आन्तरिक र बाह्य पर्यटक भित्र्याउन पनि जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र कृषि, पर्यटन, विद्युतमा आधारित रहेकाले कृषि र पर्यटनमा ध्यान दिनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आकर्षक र पाहुना आउने वातावरण स्थानीयले गर्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि पहुँच, आकर्षण, सुविधा र शान्ति महत्वपूर्ण क्षेत्र भएकाले यसमा प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुहुँदै मन्त्री चापागाईँले सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

यसैबीच महोत्सव समापन कार्यक्रममा विभिन्न विधाका उत्कृष्टहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button