तपाईँ सुन्दै हुनुहुन्छः

 अल्लो प्रशोधन गरि कपडा तयार गरिँदै 

बझाङ । बझाङमा जङ्गलमा  उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गर्नुभएको हो । 

उहाँहरूले जङ्गलमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरि कपडा बुन्ने गर्नुभएको छ । उहाँहरूले बुनेको कपडालाई गाउँपालिकाले खरिद गरि विद्याथीहरुका लागि झोला बनाउन सुरु गरिएको छ । आफ्नो काममा गाउँपालिकाकोसमेत साथ पाएपछि आफुहरु उत्साहित भएर अल्लोको कपडा बनाइरहेको उहाँहरूले बताउनुभयो । 

आफूहरूलाई केही समय अघि युुएमएन र प्रगतिशील संस्थाले ३ महिना तालीमका लागि दाङ जिल्ला पठाएर धाँगो बनाउने सिप सिकाएको र अहिले आफूहरूले  आफ्नै गाउँमै उद्योग सुरुवात गरिएको अन्जु खातीले बताउनुभयो  । जङ्गलबाट अल्लो ल्याएर प्रशोधन गरि धागो बनाएर दुई महिला आत्मनिर्भर भइरहेको देखेसँगै अहिले अन्य महिलाहरूले पनि खातीको कामको सिको गरिरहेका छन् । अल्लोको कपडा  उद्योग प्रवदर्न गर्न स्थानीय महलिाहरुलाई आवश्यक सिप सामाग्रीको सागै उत्पादित कपडा खरिद गर्ने कार्यमा युुएमएन संस्था र पालीकाले चाँजोपाँजो गरि दिएपछि यहाँका अन्य महिलाहरू पनि यो उद्योगसँग आकर्षित भएका हुन् । 

युुनाइटेड मिसन टु नेपालकी कर्मचारी इन्दिरा राईले अल्लो प्रशोधन गरि कपडा निकाल्ने काम बिस्तारै सफल हुँदै गइरहेको बताउनुभयो । आफूहरूको प्रयास सफल भइरहेकाले अन्य पालिकाहरूमा पनि यो उद्योगको लागि पहल गरिन लागिएको उहाँले बताउनुभयो । अल्लोको कपडा उद्योग सञ्चालन भए गाउँघरका महिलाहरूले रोजगारी पाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । संस्थाले अल्लोको कपडा उत्पादन साथै अल्लोका झोला बनाउने तालीम पनि महिलाहरूलाई  दिइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button