राष्ट्रपति निर्वाचन : आठ दलीय गठबन्धनका सांसदहरुलाई अभिमुखीकरण गर्दै काँग्रेस

काठमाडौँ । आठ दलीय गठबन्धनले आज संघीय संसदअन्तर्गतका दुवै सदनका सांसदहरुलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उमेदवार बन्नुभएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन सबै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुलाई आज फागुन १८ गते संयुक्त भेला गर्न लागिएको नेपाली काँग्रेसले जनाएको छ ।
काँग्रेसले यो भेलालाई राष्ट्रपति निर्वाचन अभिमुखिकरण कार्यक्रम नाम दिएको छ ।
भेलामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सबै सांसदहरु उपस्थिति हुन नेपाली काँग्रेसले आग्रह गरेको छ ।
भेलामा सहभागी सांसदहरुलाई ८ दलीय गठवबन्धनका शीर्ष नेताहरुले संवोधन गर्नुहुने छ ।
त्यसैगरी कांग्रेसले आठ दलका प्रदेशसभा सदस्यहरुसँग पनि अन्तरक्रिया एवम् अभिमुखिकरण कार्यक्रम गर्ने जनाएको छ।
नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बन्नु भएका नेता पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।







प्रतिक्रिया राख्नुहोस्