विद्यार्थीहरू बेहोस भएपछि दुई दिनका लागि विद्यालय बन्द

नवलपरासी । विद्यालयमै विद्यार्थीहरू अचानक बेहोस भएर ढल्न थालेपछि नवलपरासीको सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यालय बन्द गरिएको छ ।
लगातार १० जना बेहोस भएपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो।
बेहोस हुने विद्यार्थी सबै १३ देखि १५ वर्ष उमेर समूहका छात्राहरू रहेका छन् । केही छात्रा बिहानको प्रार्थना सकेर कक्षाकोठामा जाने क्रममा सिँढीमा बेहोस भएका थिए भने केही कक्षा कोठामा बेहोस भएका थिए । बेहोस भएकाहरूलाई तत्कालै पृथ्वीचन्द्र अस्पताल भर्ना गरिएको थियो ।
सामान्य उपचारपछि उनीहरू घर फर्केका छन् । बेहोस हुने सबै एउटै गाउँका भएको विद्यालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्