तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले आज लिन सक्ने र आजै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गर्ने कार्यतालिका छ। यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो।

उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय निर्धारण गरिएको आयाेगले जनाएकाे छ ।

राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवारहरु विरुद्ध कुनै उजुरी र दावी विरोध परेको छैन ।

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका ५५० सदस्य र संघीय संसदका ३३२ गरी ८८२ मतदाता हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button