तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल शिक्षक संघ अर्घाखाँचीको नेतृत्व चयन अनिश्चित

अर्घाखाँची। कार्यदलले निर्णय गर्न नसकेपछी नेपाल शिक्षक संघ अर्घाखाँचीको नयाँ नेतृत्व चयन हुन सकेको छैन । शनिवारलाई तोकिएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेको शिक्षक सङ्घले जनाएको छ ।

६ जनाले अध्यक्षमा दाबी गरेका छन् । कार्यवाहक अध्यक्ष शारदा भट्टराई, नन्दराम भट्टराई, लालमणी पौडेल, कृष्ण पौडेल, नाम बहादुर भाट र राजेन्द्र पौडेलले जिल्ला अध्यक्षमा दाबी गरेका हुन् ।नेतृत्व सर्वसम्मत छनौट गर्न ६ पालिकाका शिक्षक संघका अध्यक्षको कार्यदल बनाईएपनी कार्यदलले निर्णय गर्न नसक्दा समयमै नेतृत्व छनौट हुन नसकेको हो । चार दिनसम्म बसेको कार्यदलले निर्णय गरेको भनेर कुराहरू आएपनी अन्तिम समयमा निर्णय हुन नसकेको भन्दै अधिवेशन स्थगित भएको घोषणा गरिएको छ ।

कार्यदलका संयोजक डिल्लीराज थापाले कार्यदलमा सबै कुरा नमिलेकाले निर्णय गर्न कठिन भएको बताउनुभयो । ‘हामीलाई थप समय चाहिने भएको छ,उहाँले भन्नुभयो,‘सबै कुरा मिलेपछि निर्णय गर्ने छौँ, अर्को सूचना नगर्दा सम्म अधिवेशन स्थगित भएको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button