तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ : ०० बजे स्वदेश फर्कनु भएको छ ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नु भएको थियो ।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन चलेको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत जानु भएको थियो ।

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी हुन भारत जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button