दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत
धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायिका रीता थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
हिजोदेखि धादिङको धादिङ बेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत हुनुभएको छ ।
साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल र प्रतिष्ठानको महासचिवमा शिव हमाल पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्