तपाईँ सुन्दै हुनुहुन्छः

जसपा सांसद रहमानको हृदयाघातका कारण निधन

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ घ्याम्पेडाँडामा पिकनिक मनाउन जानुभएकी जनता समाजवादी पार्टी(जसपा)का सांसद सहनाज रहमानको हृदयाघातका कारण निधन भएको छ । 

आज जसपा नेपाल गैर भौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोज स्थलमै मेचबाट एक्कासी ढलेर बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकामा अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । 

जसपाकी केन्द्रीय सदस्यसमेत रहनुभएकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद हुनुभएको थियो । 

सांसद रहमानको शव मध्यपुर अस्पतालबाट कानुनी प्रक्रिया पुर्‍याएर लैजाने तयारी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button