सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको हो । प्रतिनिधिसभाको सधैँ जसो बैठकमा सांसदहरूले जनसरोकारका विषयमा प्रश्न गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आइरहनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्