तपाईँ सुन्दै हुनुहुन्छः

अम्बे स्टिल्समा आगलागी, २ करोड ६४ लाख बराबरको क्षती

नेपालगञ्ज । बाँकेको जानकीस्थित अम्बे स्टिल्समा आगलागी भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित अम्बे स्टिल्समा रहेको भट्टीमा आगो बाल्न प्रयोग गरिने एफओ नामक तेलको डिपोमा आगलागी भएको इलाका प्रहरी कार्यालय खजुराखुद्रले जनाएको छ ।

आगलागीबाट करिब २ करोड ६४ लाख बराबरको क्षती भएको प्रहरीले बताएको छ । आगालागीका कारण भने थाहा हुन सकेको छैन । आज विहान साढे ६ बजेतिर लागेको आगो प्रहरी, स्थानीय र दुई वटा दमकलको सहयोगमा करिब सवा ८ बजेतिर नियन्त्रणमा आएको हो । 

अम्बे स्टिल्सको फ्याक्ट्रि र तेलको डिपोको दुरी करिब १०१५ मिटरको दुरीमा रहेको बताइएको छ । डिपोमा २ लाख लिटर तेल रहेको अम्बे स्टिल्सले जनाएको छ । आगलागीबाट मानवीय क्षती भने भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button