४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तु । तौलिहवा– बहादुरगञ्ज सडक अन्तर्गत महाराजगंज नगरपालिका– ६ कन्चनिय पुलबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका ४ चनईका २६ बर्षीय दुर्गा जैसवाल रहेको प्रहरीले जनाएको छ
कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाइकललाई इप्रका कृष्णनगरबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा सो लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।
खानतलासी लिँदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।
जैसवालको साथबाट एक थान मोबाइल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्