असईको हत्यामा संलग्न जवानलाई जन्मकैदको फैसला
राजविराज । जिल्ला अदालत सप्तरीले सशस्त्र प्रहरीका असईको हत्यामा संलग्न रहेको भन्दै एक प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले ६ महिनाअघि असई सत्यनारायण यादवको हत्यामा संलग्न भएको ठहर गर्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत असई यादवको १९ असोज २०७९ मा हत्या भएको थियो ।
खत्रीलाई जन्मकैदसहित ३ लाख क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको सप्तरी जिल्ला अदालतको श्रेष्तेदार कुमार मास्केले जानकारी दिनुभयो ।
नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव २० असोजमा भेटिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्