तपाईँ सुन्दै हुनुहुन्छः

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज आह्वान गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि बस्ने भएको छ ।

यसैगरी जसपाले नेकपा (एकीकृत समाजवादी)पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button