तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता‍ : अर्थमन्त्री पौडेल

फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो ।

समारोहमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदारहँदै पनि उपप्रधान तथा अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताउनुभयो ।

मेलाले देशभरकै उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button