समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण : उपप्रधानमन्त्री पौडेल
कैलाली । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताउनुभयो ।

उहाँले विचार, सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुनः गठन गर्ने उद्देश्यसहित ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको जानकारी दिनुभयो । तत्कालीन पाँचदलीय गठबन्धन सरकार गठन गर्न असफल भएपछि स्वभाविक रूपमा एमालेले पहलकदमी लिएर सत्ता समीकरण निर्माण गरी राष्ट्रिय राजनीतिमा निर्णायक योगदान गरेको उहाँले बताउनुभयो ।
वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको उहाँले उल्लेख गर्नुभयो । पार्टी चौतर्फी घेराबन्दीका बीच चुनौतीको सामना गर्दै अघि बढिरहेको पनि उहाँको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्