प्रविधिको विकाससँगै रेडियो नेपालको विकास हुनुपर्छ : सञ्चार मन्त्री शर्मा

दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपालले प्रविधिको विकाससँगै आफूलाई प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश प्रादेशिक प्रसारण केन्द्र हेमन्तपुरको अनुगमन तथा निरीक्षणका क्रममा बोल्दै मन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो ।
सूचनाको प्रमुख माध्यम रेडियो नेपाल रहेको भन्दै सूचना प्रविधिको विकासलाई ध्यानमा राखेर रेडियो नेपालले विकास गर्नुपर्ने बताउनुभयो । सूचनाका लागि कुनै समय रेडियो नेपालको विकल्प नरहेको उल्लेख गर्दै मन्त्री शर्माले समय क्रम अनुसार आफूलाई बदल्न निर्देशन दिनुभएको हो ।

रेडियो नेपालको नाममा देशका विभिन्न क्षेत्रमा प्रशस्त सम्पत्ति रहेको बताउँदै मन्त्री शर्माले सम्पत्तिको सदुपयोग हुन नसकेको बताउनुभयो । निर्माणाधीन अवस्थामा रहेको प्रादेशिक प्रसारण केन्द्र हेमन्तपुरको भवनको काम सम्पन्न गर्नतिर लाग्न आग्रह गर्नुभयो । साथै मन्त्री शर्माले भवन निर्माणका लागि बाँकी रकम कति लाग्न सक्छ त्यसको स्टिमेट गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नेपालले देशका सबै भूगोलमा प्रसारण केन्द्रको पहुँच पु¥याउन प्रयास गरिरहेको बताउनुभयो । देशका सबै बस्ती र भाषाभाषीको समाचार तथा कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो । साथै आगामी दिनमा थप भाषाका समाचार र कार्यक्रम सञ्चालनका लागि समिति गठन भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्