तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर घटनालाई राजनीतिक रूपमै समाधान गर्नुपर्छ : मुख्यमन्त्री शाह

टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनालाई राजनीतिक रुपमा हेरी राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने बताउनुभएको छ । 

जेलमा रहेका रेशम चौधरीको घर कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा पुगी मुख्यमन्त्री शाहले रेशम चौधरीलगायतका जेल बन्दीलाई रिहाइका लागि आफ्नोतर्फ हुने सम्पूर्ण पहल गर्ने आश्वासन समेत दिनुभयो । 

उहाँले पटक पटक टीकापुर क्षेत्रलाई विभिन्न कोणबाट बदनाम गर्ने काम भएको बताउँदै अब हामीहरू त्यसप्रति सचेत भएर यस क्षेत्रका सबै नागरिकहरू एक ठाउँमा उभिनुको विकल्प नभएको र त्यसको शुरुवात आफूले गर्ने बताउनुभयो । 

मुख्यमन्त्री शाहले आज बिहान रेशम चौधरीको घर जगतपुर पुगेर उहाँको आमा सुल्फिदेवि चौधरीलगायत अन्य परिवारलाई भेटघाट गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button