तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको उर्थुमा अस्थायी ट्राफिक पाेष्ट स्थापना

जुम्ला। दुर्गम उर्थुचाैतारामा अस्थायी ट्राफिक पाेष्ट स्थापना भएको छ । जुम्ला सदरमुकामको पूर्वमा स्थित जुम्ला-राराको छोटो पर्यटकीय मार्ग ‘जुम्ला उर्थु,पटमारा,खाली न्याउरीघाट,भुलभुले रारा’ सडकको सवारी सुरक्षार्थ उर्थुमा आइतबार अस्थायी प्रहरी पाेष्ट स्थापना भएको हाे ।

उक्त सडक खण्डमा ट्राफिक नियम उलङ्घन गरि पटक पटक दुर्घटना भएपछि यात्रुको सुरक्षाका लागि सवारीलाई निमयपुर्वक सञ्चालन गराउन अस्थायी ट्राफिक स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक हबल्दार मीन बहादुर भण्डारीले बत्ताउनुभयो ।

उहाँका अनुसार जुम्ला पातारासी सडकको ट्राफिक व्यवस्थापन,नियमित सवारी जाँच तथा नियमनका लागि प्रहरी जवान मदन बहादुर ओली लगायतका ट्राफिक प्रहरीलाई खटाइएको छ ।

पातारासी सडकमा क्षमता भन्दा बढी यात्रु लिने,भाडा चर्को असुल्ने जस्ता समस्याको समाधान हुने अपेक्षा गरिएको पातारासी गाउँपालिका ६ का वडाध्यक्ष कर्मराज विष्टले बताउनुभयो । सवारी नियमनका लागि सुरक्षाकर्मी सँग मिलेर पालिकाले पनि सचेतनाका कार्यक्रम बढाउने उहाँको भनाई छ ।

अस्थायी प्रहरी पाेष्ट स्थापनाका लागि यातायात कार्यालय जुम्लाका निमित्त प्रमुख लोक बहादुर महत,प्रहरी निरीक्षक याम बहादुर बुढामगर लगायतको सहभागिता रहेको थियो ।

पातारासी सडकमा अब नियमित ट्राफिक जाँचदेखि दुर्घटना न्युनिकरणका काम हुने भएका छन् । अस्थायी ट्राफिक पाेष्ट उर्थुले अस्थायी प्रहरी चौकी उर्थु सँग सहकार्य गरि काम गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button