तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको मात्रै मनोनयन दर्ता 

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । आज भएको मनोनयन दर्तामा अर्यालले मात्रै मनोनयन दर्ता गराउनु भएको हो ।

उहाँको मनोनयनको प्रस्ताव राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गर्नु भएको भने राष्ट्रियसभा सदस्यहरु देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्नु भएको छ ।   उपाध्यक्ष पदका लागि सांसद उर्मिला अर्यालको एकल उम्मेदवारी परेको छ ।

नेकपा माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यसअघि आज बिहान बसेको नेपाली काँग्रेसको शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । 

भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल भई निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button