नेकपा माओवादी केन्द्रको स्थायी कमिटी आज ४ बजे
काठमाडौँ ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउसो ४ बजे बस्ने भएको छ ।
यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ४ बजेका लागि सारिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठकमा पार्टी नेताको कार्य विभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
यसअघि हिजोका लागि बोलाएर स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्न लागेको हो । माओवादी केन्द्रले गृहकार्य नपुगेको र अध्यक्षको समय अभाव रहेको भन्दै हिजोका लागि बोलाइएको बैठक स्थगित गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्