पाल्पामा १२ जना कुष्ठ रोगी फेला

पाल्पा। पाल्पामा १२ जना कुष्ठ रोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाको तानसेन नगरपालिकामा ३ जना, रिब्दिकोट गाउँपालिकामा २ जना, रैनादेबी छहरा गाउँपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा १ जना, माथागढी गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा १ जना, पुर्बखोला गाउँपालिकामा १ जना र अन्यमा १ जना गरि १२ जना कुष्ठ रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा ९ पुरुष र ३ महिला रहेका छन् ।
७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार कुष्ठ रोगीको विवरण सार्वजनिक गरेको हो ।
स्वास्थ्य कार्यकालका पाल्पाका कुष्ठरोग फोकल पर्सन विश्वनाथ न्यौपानेले कुष्ठरोगका लक्षण, निवारण विधि, नेपाल र पाल्पा जिल्लामा रोगको अवस्थाको बारेमा जानकारी दिनुभयो । कुष्ठरोग लागेपछि शरीर चिलाउने, रातो फुस्रो दाग देखिने र पछि मस्तिष्कमा असर गर्ने हुन्छ । रोग मुख्यतया श्वासको माध्यमबाट सर्ने रोग गर्दछ ।
अहिले नेपालमा २ हजार २ सय ८५ जना रोगी छन् । कुष्ठरोग ढिलो गरि पत्ता लाग्ने भएकाले रोगले सताएपछि मात्र स्वास्थ्य संस्थामा आउने प्रवृत्ति रहेको कुष्ठरोग फोकल पर्सन विश्वनाथ न्यौपानेले बताउनुभयो ।
कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । रोगीले ६ महिना देखि एक वर्षसम्म नियमित औषधि सेवनबाट रोग निको हुन्छ ।
नेपाललाई २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रती १० हजारमा एक जनालाई कुष्ठरोग देखिएको अवस्थालाई कुष्ठरोग निवारण भएको मानिन्छ ।
नेपालमा पूर्ण रुपमा कुष्ठरोग लागेको थाहा पाईपाइ विवाह गराउन नपाइने कानुनी व्यवस्था छ। सरकारले कुस्ठरोगी निको भएपछि पनि यातायात खर्चको रूपमा १ हजार रुपैयाँ दिने व्यवस्था गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्