तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधान एवम् गृहमन्त्री लामिछाने विरुद्धको रिटमाथि सुनवाइ जारी

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमाथिको सुनुवाई आज पनि जारी छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी र सुनुवाइमा बुधबार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । 

लामिछाने विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ भइरहेको छ । आज लामिछाने पक्षका बाँकी कानुन व्यवसायी र रिट निवेदकको जवाफी बहस हुनेछ ।

गृहमन्त्री लामिछाने समेतलाई विपक्षी बनाएर अधिवक्ता रविराज बसौलासहित र अर्का अधिवक्ता युवराज पौडेलसहितले दायर गरेको दुई छुट्टा–छुट्टै रिट निवेदनमाथि एकसाथ सुनुवाई भइरहेको छ । 

नागरिकता विवादमा संसद् पदको अयोग्यता सम्बन्धी दायर रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य रबि लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगायतलाई विपक्षी बनाइएको छ । 

गृहमन्त्री लामिछाने विरुद्धको सो रिटमा यसअघि २२ पुसको इजलासले सुनुवाई गर्दै अग्राधिकारमा राख्न आदेश दिएको थियो । 

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button