तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालद्वारा राजनीतिक परिस्थितिबारे प्रतिवेदन प्रस्तुत

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

आज बसेको स्थायी कमिटी बैठकमा यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुका साथै राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्ने विषयमा छलफल भएको छ ।

बैठकपछि पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराले बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिका बारेमा लिखित तथा मौखिक रिपोर्ट प्रस्तुत गर्नुका साथै समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले बैठकले पार्टीका अध्यक्ष प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा पार्टी स्थायी कमिटीले बधाइ दिएको पनि जानकारी दिनुभयो । पार्टीको स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button