तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । मङ्गलवार बिहानैदेखि लगातार भएको भारी हिमपातसँगै वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

बिहान ११ बजे पहिरो आउँदा तिला गुफा नगरपालिका ४ स्थित राँचुलीमा पहिरो गई राजमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक (डिएसपी नरेन्द्र चन्दले बताउनु भयो । उहाँका अनुसार पहिरोले जुम्लादेखि नेपालगन्ज तर्फ जाँदै गरेको बाग्मती प्रदेश २९५८ नम्बरको यात्रु बाहक जीप पहिरोमा फसेको छ ।

जुम्ला कालिकोट सीमा क्षेत्रको नाग्म प्रहरी चौकीबाट सुरक्षाकर्मी पहिरो गएको क्षेत्रतर्फ गइरहेका छन् । पहिरोले कर्णाली राजमार्ग पूर्ण अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । जुम्लाबाट दैनिक सुर्खेत, नेपालगन्ज जाने गरेका छन् ।

अवरुद्ध सडक खुलाउने र पहिरो पन्छाउने बारे तयारी भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button