सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ I नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले परम्परागत रूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
सोनाम ल्होसारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पु¥याउने बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहु संस्कृतिले सम्पन्न नेपाल र नेपालीको अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको बताउनुभएको छ ।
सोनाम ल्होसारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको विज्ञप्तिमा बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
हिमाल, पहाड र तराईका जनताको भावनालाई एकताबद्ध गर्न विविध संस्कृतिको महत्त्व रहेको यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एक आपसमा पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुने गरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्