तपाईँ सुन्दै हुनुहुन्छः

उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने

सुनसरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।

इटहरीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनलमा एपीएफलाई ८ विकेटले पराजित गर्दै प्रदेश १ उपाधि नजिक पुगेको हो ।

प्रदेश १ ले उपाधिका लागि शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले पनि फाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button