तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुखमा पार्टीका उम्मेदवारलाई मतदान गर्न काँग्रेसको ह्विप

काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न आज ह्विप जारी गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button