गृहमन्त्री लामिछानेसँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडाैं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
गृह मन्त्रालयमा बिहीबार बिहान भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्