तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी । सप्तरीमा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोतर्हास्थित पूर्व पश्चिम राजमार्गमा बुधबार दिउँसो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ६७२ बसले ठक्कर दिँदा स्थानीय ६० वर्षका साइकल यात्री सत्यनारायण भनिने डम्बर विश्वासको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button