तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटनाबारे विस्तृत अध्ययन गर्न विज्ञ टोली पोखरामा

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे विस्तृत अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली घटनास्थलमा आएर अध्ययन अनुसन्धानको काम अगाडि बढाएको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली बुधबार पोखरा आई घटनाको अनुसन्धान अगाडि बढाएको हो । टोलीले घटनास्थलको अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरि दुर्घटनाको कारण पत्ता लगाउने छ ।

यता सरकारद्वारा गठित दुर्घटना जाँच आयोग समितिले पनि पोखरा आएर अध्ययन अनुसन्धानको काम थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button