सभामुखका उम्मेदवारलाई मतदान गर्न काँग्रेसको ह्विप
काठमाडौँ । नेपाली काँग्रेसले सभामुख पदका लागि आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्