१६ सय घर परिवारलाई न्यानो कपडा वितरण

रोल्पा । चाइना फाउन्डेसनको सहयोगमा समृद्ध रोल्पा फाउन्डेसनद्वारा रोल्पाको ३ वटा स्थानीय तह रुण्टीगढी गाउँपालिकाको ९ वटा वडा, सुनछहरी गाउँपालिकाको ७ वटा वडा र लुङ्ग्री गाउँपालिकाको ७ वटा वडा गरी २३ वटा वडामा बसोबास गरी रहेका विपन्न, सहिद तथा बेपत्ता परिवार, घाइते अपाङ्ग, लोकतान्त्रिक योद्धा, एकल तथा बिधुवा र जेष्ठ नागरिक घर परिवारका नागरिकलाई
समृद्ध रोल्पा फाउन्डेसनका संरक्षक, पूर्व मन्त्री वर्षमान पुनले र फाउन्डेसनका अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले करिब १ हजार ६ सय जनालाई न्यानो कपडा फाइबरको ब्लाङ्केट वितरण गर्नुभएको छ ।
पुर्वमन्त्री वर्षमान पुनले पौषको २९ गते होलेरीमा न्यानो कपडा वितरण गरेपश्चात् पौषको ३० गते पोवाङमा न्यानो कपडा वितरण गर्दागर्दै स्वास्थ्यमा अकस्मात् जटील समस्या उत्पन्न भएपछि सोही ठाउँबाट हेलिकप्टर मार्फत ललितपुर को सुमेरु अस्पताल पुर्याएर भर्ना भई उपचार गराइरहनुभएको छ भने लुङ्ग्री गाउँपालिकामा पूर्व सभामुख ओनसरी घर्तीले न्यानो कपडा वितरण गनुभएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै समृद्ध रोल्पा फाउन्डेसनका अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीमगरले ज्येष्ठ नागरिक, विपन्न, द्वन्द्वपीडित तथा सहिद परिवारको अभिभावकत्वको भूमिका निर्वाह गर्नका लागि समृद्ध रोल्पा फाउन्डेसन निर्माण भएको हुँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडाले केही राहत हुने भएकोले न्यानो कपडा वितरणको कार्यक्रम ल्याइएको घर्तीले भन्नुभयो ।
जिल्लाको अन्य स्थानीयतहहरुमा पनि न्यानो कपडा वितरण गर्ने योजना रहेको भएतापनी अहिले पुर्वमन्त्री वर्षमान पुन बिरामी भएर उपचार गराइरहेकोले सन्चो भएपछि निरन्तरता दिइनेछ यस अघि पनि रोल्पाको समृद्धिका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको फाउन्डेसनले फुसको छानो विस्थापन कार्यक्रम तथा विपदमा परेका परिवारलाई सहयोग गर्दै आएको संस्था अध्यक्ष ओनसरी घर्तीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्