तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त उपप्रधान तथा उर्जामन्त्री लिङ्देनद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा रहेका समस्याको पहिचानका लागि ५ वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले योजनाबद्ध रूपले काम गरे मात्र ठोस परिणाम हासिल गर्न सकिने भएकाले मन्त्रालयका सहसचिवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button