तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको उपसभामुखमा एमालेकी चापागाईँ निर्वाचित

मकवानपुर । बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी उम्मेदवार अप्सरा चापागाईँ निर्वाचित हुनुभएको छ ।

प्रदेशसभामा सोमबार भएको चुनावमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित चापागाईँ उपसभामुखमा निर्वाचित हुनुभएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएकी चापागाईँले ६१ मत प्राप्त गर्नुभएको बागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिनुभयो ।

उपसभामुख चयनका भएको मतदानमा चापागाईँको विपक्षमा ३९ मत परेको थियो । ७ जना प्रदेश सदस्य तटस्थ रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button