तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा  यसवर्ष सुन्तला उत्पादन  ५ प्रतिशतले वृद्धि

रोल्पा । रोल्पा जिल्लामा यसवर्ष सुन्तला उत्पादन ५ प्रतिशतले वृद्धि भएको कृषि ज्ञानकेन्द्र रोल्पाले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र रोल्पाको तथ्याङ्क अनुसार जिल्लामा सुन्तला खेती गर्न सकिने जमिन ४ सय ५० हेक्टर भएता पनि किसानले २ सय ७० हेक्टरमा मात्र सुन्तला खेती गरेर सुन्तला उत्पादन गरिरहेका छन् ।

रोल्पा जिल्लामा गतवर्ष ३ हजार २ सय १३ मेट्रीकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ३ सय ७४ मेट्रीकटन सुन्तला उत्पादन भएर ५ प्रतिशतले वृद्धि भएको कृषि ज्ञानकेन्द्र रोल्पाले जनाएको छ ।

उत्पादित सुन्तला  जिल्लाको सदरमुकाम लिवाङ, शुलीचौर, घर्तिगाउ, जुगार, होलेरी लगायतको मुख्य बजार सँगै अन्य स–साना बजार तथा गाऊ गाउँमा बिक्री गर्नुको साथै जिल्ला बाहिर प्युठान, अदाङ, नेपालगन्ज, बुटवल लगायतको बजारहरूमा बिक्री हुँदै आएको किसानहरू बताउँछन् ।

रोल्पा नगरपालिका, शुनिलस्मृति गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र त्रिवेणि गाउँपालिकामा सुन्तला पकेट कार्यक्रम अन्तरगत सुन्तला खेती गर्न थालिएको छ भने ती नगरपालिका तथा गाउँपालिकामा अत्यधिक सुन्तला उत्पादन हुने गरेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button