तपाईँ सुन्दै हुनुहुन्छः

माघे सङ्क्रान्ति : नेपाल मगर सङ्घद्वारा विविध कार्यक्रमको आयोजना

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ केन्द्रीय समिति काठमाडौँले विविध कार्यक्रमको आयोजना गरेको छ ।

“मगरात सभ्यताको संरक्षण सम्वद्र्धन गर्दै पुस्तान्तरण गरौँ, मगर समुदायको महान् चाड माघे सङ्क्रान्ति २०७९ भव्यताका साथ मनाऔँ” भन्ने मुल नाराका साथ मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव कार्यक्रमको आयोजना गरिएको थियो ।

मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा मगर जातिको पहिचान झल्किने भाँकी पनि प्रदर्शन गरिएको थियो ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा चेली पूजा, काँडा नृत्य, नचारु नृत्य, घाँटु नृत्य, पैसारु नृत्य र सारङ्गी नृत्य लगायतका मौलिक नृत्य प्रस्तुत गरिएका थिए ।

नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिना विभागीय मन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सांसदहरु सीता कुमारी राना मगर, ईश्वरी घर्तीमगर, कुसुम थापामगर, रुकमणी रानामगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button