तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक बिदामा सरकारी सवारी साधन  दुरुपयोग : १५ सवारी साधन नियन्त्रणमा

कपिलवस्तु । सार्वजनिक बिदाको दिन  अनुमति बिना चलाएका ४ सरकारी सवारी साधन कपिलवस्तु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग भएको देखिए पछि त्यसलाई निरुत्साहित गर्नका लागि निर्देशन दिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो ।

गोरुसिङ्गे स्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र २ मोटर साइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सीनाले बताउनु भयो । बुधवार बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका, रोल्पा नगरपालिका, टिकापुर नगरपालिका, कञ्चनपुर नगरपालिका, शितगंगा नगरपालिका र  हुलाकी राजमार्ग कार्यालय लगायतको सवारी साधन नियन्त्रणमा लिइएको थियो । बिदाको दिन अनुमति लिएर चलाउन आग्रह गर्दै साँझ ५ बजे ती सवारी साधन छाडिएको ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी नायव निरीक्षक नीरज गौतमले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button