तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर ट्याक्टर चालकको मृत्यु

टीकापुर कैलाली । कैलालीमा भिरबाट लडेर ट्याक्टर चालकको मृत्यु भएको छ । 

मोहन्याल गाउँपालिका वडा नम्बर ४ बडीखर्कमा भीरबाट लडेर ट्याक्टर चालक घोडाघोडी नगरपालिका वडा नम्बर ४ का जीवन चौधरीको मृत्यु भएका हो ।

गएराति पहाडको खिमडीबाट तराई झर्ने क्रममा बाटोमा ट्याक्टर रोकेर पिसाब गर्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको स्थानीय रमेश सापकोटाले जानकारी दिनुभएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बोहोराका अनुसार भीरको बाटो भएकाले सडकको छेउपट्टि जान लाग्दा भीरबाट खसेको र शवलाई पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button