काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
कांग्रेस संसदीय दलको आज नयाँ बानेश्वरको संसद् भवनमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी बैठकले पार्टी प्रतिपक्षमा रहने समेत निर्णय गरेको उहाँले बताउनुभयो । यस अघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत माग्नुभएको थियो । जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्