सिञ्जामा ६ लाखको महिलामैत्री स्नानकक्ष सञ्चालन

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका १ चुले गाउँमा तातोपानी आउने स्थान कक्ष निर्माण भएको छ । महिला तथा किशोरीका लागि स्थानकक्ष निर्माण भएपछि गाउँभरिका महिलाहरू अहिले सो स्थानमा नुहाउने गरेका छन् । चिसो मौसममा तातोपानी आउने स्थानकक्ष निर्माण भएपछि नुहाउन सजिलो भएको उनीहरूले बताएका छन् ।
प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाले सो स्थानकक्ष नमूनाको रुपमा निर्माण गरि संचालनमा ल्याएको हो । पेश नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले नमूनाको रुपमा स्थानकक्ष शुरुवात गरिएको बताउनुभयो । उहाँले सानो कामले पनि कहिलेकाहीँ राहात हुने भएकाले चिसो मौसममा राम्रो भएको बताउनुभयो ।
गाउँमा स्थान कक्ष सुचारु भएपछि सुरक्षित र आनन्द तरिकाले नुहाउन र कपडा धुन मिलेको महिलाहरूले बताएका छन् । स्थानीय तिलाकन्या आचार्यले स्थानकक्ष निर्माण भएपछि खोलामा नुहाउन जानुपर्ने बाध्यता हटेको बताउनुभयो । चिसो मौसममा तातोपानी आएपछि किश्वरीहरुको नुहाउने भिड लाग्ने गरेको छ । सिंजा गाउँपालिका किश्वरी संजालकी कोषाध्यक्ष निर्मला आचार्यले छोरीहरूका लागि सुरक्षित नुहाउने स्थानकक्ष नमूना भएकोमा धन्यवाद दिनुभयो । स्थानीय ठुमुरा वडाको अध्यक्षतामा स्थानकक्ष निर्माण गरिएको हो ।
स्थान कक्षको लागत ६ लाख ६८ हजार ५४८ रहेको पेश नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिनुभयो । महिलाहरूले स्थानकक्ष सुरक्षित गर्न संरक्षण समितिसमेत गठन गरेका छन् ।
खानेपानीको समस्या :
महिलाहरूले नुहाउने पानी भएपनि गाउँमा खानेपानीको समस्या भएको बताएका छन् । गाउँमा एक सय घरधुरी छन् । तर व्यवस्थित खानेपानी नहुँदा समस्या भएको महिलाहरूले बताएका छन् ।
संरक्षण समितिका अध्यक्ष ठूमुरावडले व्यवस्थित नुहाउने कक्ष भएपनि गाउँमा खानेपानीको समस्या भएकाले सहयोग गर्न अनुरोध गर्नुभयो । महिलाहरूले एक मात्र खानेपानीको पाइप चिसोले जमेपछि गाँउमा पानी जान समस्या भएकाले खानेपानीमा समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्