तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा पुनः निर्वाचित भएपछि कांग्रेस संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो ।

यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिएको छ ।

त्यससम्बन्धमा आवश्यक रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button